काठमाडौं–एनएमबी बैंकको एफपिओ (फर्दर पब्लिक अफरिङ) आजबाट निष्काशन खुला भएको छ । बैंकले जेठ ३० गते (आज) देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन खुला गरेको हो ।


ADVERTISEMENT


बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो । यस एफपिओका लागि असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि यस अवधिमा आवश्यक आवेदन नपरेको अवस्थामा भने असार २६ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।


ADVERTISEMENT

# # #


आवेदन सि— आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाबाट दिन सकिनेछ । बैंकले संस्थापक र सर्वसाधारण क्रमश ५१ः४९ को अनुपात बनाउन एफपिओ निष्काशन गरेको हो । बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९.९ रुपैयाँ प्रतिसेयर आम्दानी छ भने १६१.२१ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।