काठमाडौँ–गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबीन गर्न समिति बनाएर अगाडि बढाइएको जानकारी दिँदै उहाँले त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रुपमा रहेको संगठित अपराधको नियन्त्रणमा विशेष अभियान शुरु गरिएको बताएका छन् ।

समाजको सदाचारको लज्जाजनक अवस्थामा लागुऔषध तथा मदिरा नियन्त्रण गर्न लागिएको बताउँदै उनले यातायात क्षेत्रको मिलेमतो खारेज भएको र अन्य क्षेत्रमा रहिआएको मिलेमतोलाई नियन्त्रण गर्ने बताएका छन् ।

विपद् जोखिम न्यूनीकरणका विषय प्रभावकारी बनाउने बताउँदै गृहमन्त्री थापाले क्षतिको आधारमा उद्धार र राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कानून बमोजिम भएका सम्झौताको कार्यान्वयन नगर्ने निर्माण क्षेत्रमा गृह मन्त्रालय गम्भीर भएर लाग्ने बताए ।

गृहमन्त्री थापाले सीमा सुरक्षाको क्षेत्रमा सबै सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गरिएको बताएका छन् । उनले आगामी आवमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।