विराटनगर–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । यद्यपि, चुनावका बेला छलफल हुन सक्ने उनले बताए ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘आजको यो एजेण्डा होइन । अहिले सुशासन र समृद्धिको एजेण्डामा केन्द्रित छौं ।’


ADVERTISEMENT

# # #


उनले संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे चर्चा चलेको तर, तत्काल सम्भव नभएको बताए । साथै राजपालाई पनि सरकारमा ल्याउन बालुवाटारमा छलफल भएको भन्दै उनले यसबारे थप कुरा हुने बताए ।