काठमाडौँ, गोरखा — बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत बरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटालाई शनिबार जन्मघर गोरखा पुर्‍याइएको छ ।


ADVERTISEMENT


देवकोटाले जन्मघर पुग्ने इच्छा ब्यक्त गरेकाले हेलिकप्टरबाट गोरखा लागिएको हो । उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ।


ADVERTISEMENT

# # #


शनिबार दिउँसो उनलाई गोरखाको पालुङटार नगरपालिका–३ बोहोरा गाँउस्थित जन्मघर पुर्‍याइएको हो। पारिवारिक स्रोतका अनुसार एक डेढ घण्टा बसेर फेरि काठमाण्डौं फिर्ता ल्याइनेछ।

देवकोटालाई भेट्न जन्मथलोमा भीड लागेको छ। हेलिप्याड बनाएको ठाँउमा आफन्त र शुभचिन्तक भरिएका छन्।