भोजपुर–आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको छर्राले घाँटीमा लागेर घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


राईसँगै सोही स्थानका ५३ वर्षीय हर्कबहादुर राई भरुवा बन्दूक लिई सोही गाउँपालिकाको इकुवा खोलामा शिकार खेल्न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिएका छन् ।

बन्दूक चलाउने हर्कबहादुरलाई स्थानीयवासीको घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । एक नाले भरुवा बन्दूकसमेत बरामद गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । रासस