काठमाडौं–विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगलले अभ्यास खेलमा शनिबार बेल्जियमसँग बराबरीमा रोकियो। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत विश्वकपको तयारीमा रहेको अर्को टिम बेल्जियमसँग पोर्चुगलले शनिबार राति गोलरहित बराबरी खेलेको हो।


ADVERTISEMENT


क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको पोर्चुगलले आक्रामक रुपमा बेल्जियमलाई दबाब दिन सकेन। खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फालेका थिए । यसअघि छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप यात्रा तय गरेको बेल्जीयमले युरोपकै सर्वाधिक ४३ गोल गरेको थियो ।


ADVERTISEMENT

# # #


रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि दिलाएपछि विश्राममा रहेका रोनाल्डोले अर्को खेलमा खेल्ने प्रशिक्षकले बताएका छन् । यसअघि उनी बिना नै गएको साता भएको खेलमा पोर्चुगल ट्यूनिसियासँग २–२को बराबरीमा रोकिएको थियो ।

समूह बी मा रहेको पोर्चुगलले स्पेन, मोरक्को तथा इरानसँग प्रतिश्पर्धा गर्नेछ। उसले पहिलो खेल जुन १५ मा स्पेनसँग हुँदैछ । यस्तै समूह जी मा रहेको बेल्जियमले पानामा, ट्युनिसिया र इंग्ल्याण्डसँग प्रतिश्पर्धा गर्नेछ ।

शनिबार राति नै भएका अरु खेलमा रिपब्लिक अफ आयरल्याण्डले अमेरिकालाई २–१, चीनले थाइल्याण्डलाई २–० तथा स्लोभेनियाले मन्टेनेग्रोलाई २–० ले हराए भने स्वीडेन र डेनमार्कले गोलरहित बराबरी खेलेका थिए ।