काठमाडौँ– बुलेट युथ क्लबले विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौँ देखि सोलुखुम्बुसम्मको बुलेट बाइक र्‍यालीको आयोजना गरेको छ ।


ADVERTISEMENT


युवासंघ नेपालको अगुवाईमा गरिएको उक्त र्याली ‘आज विरुवा रोपौँ, भविष्य स्वच्छ र समृद्ध बनाऔँ’ भन्ने नाराका साथ बिहीबार ललितपुरको ग्वार्कोबाट सुरु गरिएको हो । बुलेट बाइकप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन तथा ठाउँ ठाउँमा विरुवा रोपेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त यात्राको आयोजना गरिएको युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका उनुसार बुलेट बाइक चढेर गएको टोली आजै सोलुखुम्बुको सल्लेरी पुगेर त्यहाका युवाहरु र जनप्रतिनिधिसंगको छलफलपछि विरुवा राप्ने छ भने विभिन्न पर्यटकीय क्षेत्रको अवलाकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि ओखलढुंगा, काभ्रेमा पनि विरुवा रोप्ने र पर्यटकीय क्षेत्रको अवलोकन गरेर टोली काठमाडौँ फर्किने उपाध्यक्ष बस्नेतले बताएका छन् । यस्तै सरकारले युवामैत्री बजेट ल्याएकाले यसको कार्यान्वयनका लागि सहयोग गर्ने उद्देश्यले पनि उक्त र्‍यालीको आयोजना गरिएको बताए ।

यो र्‍यालीले ट्राफिक सचेतना लिने र पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको छ । युवा संघ नेपालका केन्द्रीय सदस्य मनोज राईको नेतृत्वमा निकालिएको उक्त र्‍यालीको उद्घाटन उपाध्यक्ष बस्नेतले गरेका थिए ।