पथरी(रासस)–साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।


ADVERTISEMENT


चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक अभिनन्दन गर्न लागेका हुन् । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका छन् । अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादन लगायतका विभिन्न समिति गठन गरेर अभिनन्दनको तयारी पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिएका छन् ।

सुवेदीका तीन दर्जनभन्दा बढी मौलिक र त्यतिकै संख्यामा सम्पादित पुस्तक प्रकाशित छन् ।