बागलुङ– बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ ।


ADVERTISEMENT


कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


ADVERTISEMENT

# # #


भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट लागेको जनाइएको छ । सुरुमा बमबहादुरलाई करेन्ट लागेको देखेपछि साथीलाई बचाउन खोज्दा दुधनलाई पनि करेन्ट लागेको बताइएको छ ।
मृतक दुवैको शवलाई परीक्षणका लागि धौलागिरि अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । मृतक दुवैले केही दिनअघि मात्र टेकिलमको निर्माणाधीन भवनमा काम सुरु गरेका थिए ।