काठमाडौँ– सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेर यस सिजनको सुखद अन्त्य गरेका छन् ।


ADVERTISEMENT


यसअघि दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले दिल्ली डेयरडेभिल्सबाट आइतबार मुम्बई इन्डियन्स विरुद्धभएको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिएर आफूलाई विश्व स्तरको खेलाडी भएको प्रमाणित गरेका छन् ।


ADVERTISEMENT

# # #


आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे ।

सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।

विश्वका नाम कहलिएका ब्याट्समेन सुरेश रैना, पार्थीव पटेल, सूर्यकुमार यादव, केरन पोलार्ड, कुर्नाल पाण्ड्या जस्ता हस्तीहरुलाई आफ्नो स्पिनको जादुले स्तब्ध मात्र पारेनन् उनले भारतका सफल कप्तान महेन्द्र सिंह धोनी, अर्काहस्ती विराट कोहली, दक्षि अफ्रिकाका एबीडी भिलियर्स, अष्ट्रेलियाका विस्फोटक ब्याट्समेन शेन वाट्सन जस्ता खेलाडीलाई पनि आफ्नो काबूमा राख्न सफल भए ।

लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वमाझ आफ्नो क्षमता प्रदर्शन मात्र गरेनन् अर्को सिजनको आइपीएलमा पनि आफ्नो उपस्थिति गलभग पक्का गरेका छन् । उनको टोली दिल्लीका लागि यो सिजन सम्झनलायक नभएपनि सन्दीपका लागि भने यो आइपीएल सिजन जीवनकै अविस्मरणीय बनेको छ ।