काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिलस आफ्नो १३ औं खेलमा आज चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । चेन्नाईविरुद्ध सन्दीप लामिछानेले खेल्ने पक्का जस्तै भएको छ ।


ADVERTISEMENT


फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा घरेलु टोली दिल्ली जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । यसअघि नै प्ले अफमा पुगिसकेको चेन्नाई भने शीर्ष स्थानमा रहनका लागि पनि जित्ने दाउमा हुनेछ ।


ADVERTISEMENT

# # #


रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध डेब्यु गरेका सन्दीपले आजको खेल पनि खेल्ने पक्का जस्तै छ । यसअघि बिहीबार नै दिल्लीले आफ्नो अफिसियल फेसबुक र ट्वीटरबाट सन्दीपले खेल्ने उल्लेख गरेको थियो ।

सन्दीपले खेलेमा क्रिकेटका स्टार खेलाडी विरुद्ध बलिङ गर्नेछन् । भारतका पूर्वकप्तान तथा चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी, सेन वाट्सन, सुरेश रैना, ड्वेन ब्राभो, अम्बती रयुडु, फाफ् डु प्लेसिस् लगायतका विश्व चर्चित खेलाडीविरुद्ध खेल्नेछन् ।
आफ्नो डेब्यु खेलमा नै सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गरेर २५ रन खर्चेर १ विकेट लिएका थिए