काठमाडौँ– श्रीलंकाका तीब्र बलर लासिथ मालिङ्गा आइपिएलमा १ सय ५० विकेट पुरा गर्ने पहिलो बलर बन्न पुगेका छन्। मुम्बई इन्डियन्सबाट खेल्ने गरेका मालिङ्गाले शनिवार राती दिल्ली डेयरडेभिल्सविरुद्ध १ सय ४६ रनले विजयी खेलमा २ विकेट लिएका थिए।


ADVERTISEMENT


उनले श्रेयष एैयरलाई ३ रनमा हरभजन सिंहबाट क्याच आउट गराउने क्रममा आइपिएलमा १ सय ५० विकेट पुरा गरेका थिए। पछि उनले कोरी एन्डर्सनको पनि विकेट लिए। मालिङ्गाले आइपिएलको १ सय ५ इनिङमा यो कीर्तिमान बनाएका हुन्। उनले यसअवधिमा १ पल्ट पाँच विकेट र ४ पल्ट ४ विकेट लिएका थिए।


ADVERTISEMENT

# # #


उनी पछि १ सय ५० विकेटको दौडमा सबैभन्दा अगाडि दिल्ली डेयरडेभिल्सका अमित मिश्रा छन्। मिश्राले हालसम्म १ सय ३३ विकेट लिएका छन्।