काठमाडौँ– व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो । बैठक जेठ ४ गतेसम्म स्थगित हुने भएको छ ।


ADVERTISEMENT


संसद्को बैठकमा संविधान संशोधनको विषयमा सत्तापक्ष र विपक्षीबीच सहमति कायम हुन नसकेपछि तथा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि पहिलो चरणको चुनावसम्म संसद्को बैठक सूचना टाँस गरेर स्थगितको निर्णय भएको संसद् सचिवालय स्रोतले जानकारी दियो । संसद सचिवालयले स्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी स्थगित गरिएको हो ।
यसैबीच सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।


ADVERTISEMENT

# # #