भद्रपुर– नेपाली काँग्रेस भद्रपुर नगर समितिले स्थानीय तह निर्वाचन परिचालका लागि दुई हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।


ADVERTISEMENT


नगर सभापति मोहन महर्जनको नेतृत्वमा नगर समिति, नगर क्षेत्रमा गाभिएका पूर्व गाउँ समिति, क्रियाशील सदस्य तथा भ्रातृ सङ्गठनका सम्पूर्ण पदाधिकारी सदस्य रहने गरी परिचालन समिति गठन गरिएको हो ।


ADVERTISEMENT

# # #


समितिमा काँग्रेसको भद्रपुर नगर क्षेत्रका एक हजार पाँच सय ७० क्रियाशील सदस्य तथा नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, नेपाल श्रमिक सङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाका पदाधिकारी र सदस्य पनि राखिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए ।

यस्तै नगर निर्वाचनमा जनपरिचालन गर्न भद्रपुर नगर क्षेत्रका चार स्थानमा सम्पर्क पार्टी कार्यालय स्थापनासमेत गरिएको छ । साबिक पृथ्वीनगर गाउँ समितिको कार्यालय, महेशपुरको पार्टी कार्यालय, भद्रपुर बजार क्षेत्र र चन्द्रगढीको लेखनाथ चोकमा सम्पर्क कार्यालय तोकिएको जनाइएको छ ।