रामचन्द्र पाण्डे, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीले आफ्नो जीवनकै खुसीको दिन आज भएको बताएका छन् ।


ADVERTISEMENT


आज राष्ट्रिय सभागृहमा आयोजित पनर्टी एकता समारोहमा बोल्दै ओलीले पार्टी एकटा भएको दिन आज आफू जीवनको सबैभन्दा खुसी भएको बताएका हुन् । ‘जीवनका पहिलेपहिलेका पुराना खुशी बिर्सिएर हो कि आज अर्थात् अहिले मलाई सबैभन्दा खुशी लागेको छ’ उनले भने, ‘यो खुशी यस कारण कि म अध्यक्ष भएको हुनाले स्वभाविक रुपमा श्रेय अलिकति अउँछ । तर, त्यसकारण होइन । ड्राइभर त सिटमा बसेको हुन्छ, गुड्ने त चक्का हो । मत ड्राइभरको सिटमा बसेको हुन्छु । यो खुशीमा तपाईंहरुको योगदान महत्वपूर्ण छ ।’


ADVERTISEMENT

# # #


यस्तै उनले आम जनतामा माओवादी एमालेमा वा एमाले मोवादीमा मिसिन्छ कि ? भन्ने प्रश्नको जवाफ दिँदै ओलीले आफूहरु एक अर्कामा अन्तर्घुलित भएको बताए ।

‘अघिसम्म प्रचण्ड अर्को पार्टीको नेता हुनुहुन्थ्यो, म नेकपा एमालेको अध्यक्ष थिएँ । तर हामी अब एउटै पार्टीका भएका छौँ । कसैलाई लाग्नसक्छ यो एकले अर्कालाई निल्न खोजेको या एकले अर्कालाई विलय गराउन खोजेको हो कि भन्ने प्रश्न उठिरहेको थियो होला । तर आज एमाले पनि छैन, मोओवादी पनि छैन ।’ उनले भने, ‘हामी मिसिएका होइनौँ एक अर्कामा अन्तर्घुलित भएका हौँ । पुष्पलालले २००६ सालमा स्थापना गरेको पार्टीको पुनः सुरुवात गरेका हौँ ।’

यस्तै उनले अहिले एमाले र माओवादीसंग बहुमतमात्र भएपनि अर्को चुनावमा नेकपालाई तीन चौथाई मत आउने समेत दाबी गरे ।

कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई’ उनले भने ‘कतिपयलाई यो ठट्टा सक्छ, छ महिनाअघि ककसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ?’

त्यस्तै किन दुई अध्यक्ष भन्दै प्रश्न गर्नेहरुप्रति कटाक्ष गर्दै ओलीले व्यंग्यपूर्ण जवाफ दिएका छन् । ओलीले नयाँ पार्टी टेम्पो नभएर जेट विमान भएकाले दुई अध्यक्ष राखिएको बताएका हुन् ।

‘भन्नेहरु भन्छन्, दुई अध्यक्ष भए के गरेको यो ? यो टेम्पो चलाए जस्तो होइन जेटमा पाइलट दुईटा हुन्छ’, अध्यक्ष ओलीले भने, ‘आवश्यकताले यस्तो कुरा ल्याएको हो । एउटा महा–अभियान हामीले चलाउनु छ । यो महाअभियान चलाउन हामी दुईजना छौँ । सल्लाह गरिगरी विचार विमर्स गरीगरी अगाडि बढाउने अठोट गरेका छौँ । संकल्प गरेका छौँ ।’

यी पनि पढ्नुस् :

– आजै विघटन हुँदै एमाले र माओवादी केन्द्र, जन्मियो ‘नेपाल कम्युनिष्ट पार्टी’

– यी हुन् पार्टी एकतापछिको स्थायी कमिटीका ४३ सदस्य (सूचि)

– अणुवमले पनि मार्न नसक्ने विरुवा रोप्दै ओली र प्रचण्डले गरे एकताको उदघोष

– एमाले र माओवादी केन्द्र अब इतिहास मात्र !

– एकीकृत पार्टीको घोषणा सभा सुरु (LIVE)

– पार्टी एकतामा बोल्दै प्रचण्डले भने, ‘अब देशमा नयाँ सुगको सुरुवात भयो’

– एकता घोषणाको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रीभोज