काठमाडौं– नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् ।


ADVERTISEMENT


उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।


ADVERTISEMENT

# # #


बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए ।

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए । जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

यी पनि पढ्नुस् :

– आजै विघटन हुँदै एमाले र माओवादी केन्द्र, जन्मियो ‘नेपाल कम्युनिष्ट पार्टी’

– यी हुन् पार्टी एकतापछिको स्थायी कमिटीका ४३ सदस्य (सूचि)

– अणुवमले पनि मार्न नसक्ने विरुवा रोप्दै ओली र प्रचण्डले गरे एकताको उदघोष

– एमाले र माओवादी केन्द्र अब इतिहास मात्र !

– एकीकृत पार्टीको घोषणा सभा सुरु (LIVE)

– हामी मिसिएका होइनौँ, अन्तर्घुलित भएका हौँ : प्रधानमन्त्री ओली

– एकता घोषणाको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रीभोज