फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाकी अध्यक्ष भगवती चौधरीसंग संस्थाको पाँचौँ वार्षिकोत्सवको अवसरमा हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


फरवार्ड कम्युनिटी ६ वर्षमा प्रवेश गरेको छ । यो बीचको यात्रालाई कसरी सम्झिनुहुन्छ ?


ADVERTISEMENT

# # #


फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स एनजीओले वित्तीय ऐन (मधेश)अन्तर्गत १० वर्षजती लघुवित्त कार्यक्रम नै चलाएर त्यसपछि राष्ट्र बैँकबाट ‘घ’ वर्गको बैँकको मान्यता पाएको हो । जुन २०६९ सालमा कम्पनी दर्ता गराएर राष्ट्र बैँकको इजाजत लिएर २०७० साल जेठ ३ मा उद्घाटन भएको हो । त्यतीबेला लगभग ९३ हजार सदस्य थिए । जसमा लगभग २ अर्ब लगानी थियो । अहिले २ लाख ३० हजार जती मेम्बरमा वित्तीय पहुँच पुगेको छ । त्यसबेला लघुवित्त कार्यक्रम १५ १६ जिल्लामा थियो । तर अहिले ३० ३५ जिल्लामा विस्तार भएको छ ।

अहिले हामीसंग ६ सय स्टाफहरु छन् । त्यस्तै हाम्रो सदस्यहरुबाट पनि स्वरोजगारका अवसरहरु सिर्जना गरेको छ । यस्तै बाढी पीडित, आगलागी जस्ता प्रकोपका बेला हामी आफ्ना सदस्यको घरमा नै गएर पीडा मर्का बुझ्ने गरेका छौँ । त्यस्तै किन यहाँ सदस्य बन्ने, कसरी यसको प्रयोग गर्ने, यसको फाइदा बेफाइदाका बारेमा दुरदराजमा वित्तीय पहुँच पुर्याउनका लागि उनीहरुलाई वित्तीय साक्षरता दिलाएर आवश्यक परेको ऋण उपलब्ध गराइरहेका छौँ ।

यो पाँच वर्षको अवधिमा अन्य लघुवित्त संस्थाहरुभन्दा फरवार्ड लघुवित्त कहाँ पुगेजस्तो लाग्छ ?

हुन त निर्धन उत्थान बैँक र छिमेक लघुवित्तपछि हामी आउँछौँ । तरपनि फरवार्डले एउटा लक्ष्य बोकेको छ । हामीले ऋण दिने ठूला व्यापारीलाई होइन, सानो व्यावसाय गर्ने, गरीब निर्धनहरुलाई हो । उनीहरुलाई राजगार सिर्जना गर्ने कुरामा हामी लाग्छौ । त्यसले उनीहरुको आवश्यकतालाई विचार गर्दै ऋण तिर्न सक्नेगरी दिइरहेका छौँ । देशभरिका लागि हामीले इजाजत लिएका हौँ । अहिले देश संघीय अवस्थामा गएपछि यदि उदार अर्थतन्त्रको नीति भयो भने हामी देशभरि नै फैलाउने योजनामा छौँ । लघुवित्तमा काम गर्दा यसमो चुनौतिहरु के-के हुँदा रहेछन् ? अनि यो काम गरिसकेपछिको सन्तुष्टि के हुन्छ ?

लघुवित्त क्षेत्रमा सुरुमा वचत ऋण भन्थ्यौँ । अब साह्रोगाह्रोको कुरा गर्दा धनी मानिसलाई, पहुँच भएको मानिसलाई सबैले चिन्छन् । व्यावसाय सुरु गर्नखोज्दा साथीभाईले नै सहयोग गरिदिन्छन् । तर गरिबलाई बसैले पत्याउँदैन । यस्तो अवस्थामा गरिब विपन्नलाई सहायता दिने भनेको लघुवित्त नै हो । वित्तीय शिक्षा दिएर उसलाई राम्रो व्यावसाय सुरु गर्नका लागि ऋण उपलब्ध गराउँदा मुनाफातिर गयो भने त राम्रै हुन्छ । तर बिचमै छोडिदिएपछि बेथिती हुन्छ । ऋणले दिन लगाएजस्तो हुन्छ । चाह्यो भने गरिबलाई बिना धितो एक लाखसम्म दिन सकिन्छ । तर राष्ट्रबैकले २ लाखसम्म बिनाधितो दिने भन्ने पनि छ ।

यदि बिना धितो भन्दा माथि उठेर म राम्रो पेसा, व्यावसाय गर्छु, बढी ऋण चाहियो भनेमा प्रत्येक सदस्यलाई सानातिनो धितो राखेर ७ लाख रुपैयाँसम्म दिन पाउने व्यवस्था छ । अथवा कोही सदस्य छैन तर उसलाई व्यावसाय सुरु गर्न मन लाग्यो भने सदस्य ग्रुपको दुई तीनजनाले सिफारिस गरिदिए भने तीन लाखसम्म दिन सकिन्छ । यदि व्यावसाय राम्रो छ भने ७ लाखसम्म पनि दिन सकिन्छ । अब यसमा सन्तुष्टि के हो भने जो वित्तीय पवहुँचबाट छुटेका थिए उनीहरुलाई बैंकिङ र वित्तीय सेवाको बारेमा अथवा व्यापार व्यावसाय सुरु गर्ने टेक्निक नभएकाहरुलाई ती कुराहरु दिलाउने कुरामा नै सन्तुष्टि हुन्छ । यदि कोही घरमा नै बसिरहेको छ भने उसलाई वित्तीय संस्थाबाट ऋण दिलाएर आम्दानीको बाटोमा लिनु नै सन्तुष्टिको कुरा हो ।

कमर्सियल बैँक र लघुवित्तमा के फरक रहेछ ?

यस फरक त भइहाल्छ । ठूलो बैँकमा कर्जा लिँदा हामीलाई केही भन्दैनन्, तालीम दिँदैनन् । तर लघुवित्तले दुर दराजमा गएर वित्तीय साक्षरता दिलाएर, दक्ष बनाएर कुन व्यावसाय गर्ने हो त्यसको तालीम प्रदान गर्ने गर्छ । गरिबलाई पत्याउने र ऋण दिने भनेको लघुवित्त नै हो । लघुवित्तले १ लाख पनि बिना धितो ऋण दिन्छ । तर बैँकले १० लाखभन्दा कम ऋण नै दिँदैन । लघुवित्तले घरघरमै सेवा दिने भएकाले यसको स्टाफ खर्चदेखि अन्य खर्च जोड्दा कमर्सियल बैँक भन्दा अलि बढी खर्चालु छ । सुरु सुरुमा त यो गाह्रो छ । किनकी उसको समाजमा त्यती प्रभाव परेको हुँदैन । सदस्यहरु हुँदैनन् । स्टाफ खर्च बेहोर्नु पर्यो । आम्दानीको बाटो हुँदैन ।

त्यसले गर्दा सुरुमा गाह्रो छ । अर्को भनेको कमर्सियल बैँकमा उसका ग्राहक सुरक्षित हुन्छन् । रिस्क हुँदैन । तर लघुवित्तमा धेरै रिस्क मोल्नुपर्ने हुन्छ । बिना धितो ऋण प्रवाह गर्नु भनेको शतप्रतिशत चुनौति मोल्नु हो । ऋण फिर्ता हुने कुनै ग्यारेन्टी हुँदैन । त्यस कारण जोखिमलाई पनि शिरोधार्य गरेर जाने भएकोले बैँकको भन्दा यसमा केही फरक छ । अहिले १८ प्रतिशतभन्दा बढी लिन नपाउने भनेर राष्ट्र बैँकले ठाडो क्याप लगाएको छ । यसकारण सबैलाई एउटा कानुनी दायरामा ल्याएको छ । त्यसकारण कम्युनिटीमा सेवा दिएको छ । गरिब जनतालाई सेवा दिएको छ । गरिबको पनि वित्तीय क्षेत्रमा पहुँच पुगेको छ । व्यावसाय गर्न जानेको छ । जनतालाई श्रमशील बनाउनका लागि यसले उर्जा दिने काम गरेको छ ।

मुलुकको समृद्धिको लागि लघुवित्तको भूमिका के हुन्छ । किनकी तपाईले भनेजस्तै यसले तल्लो स्तरमा काम गरिरहेको हुन्छ ।

हो, यसले तल्लो तहमा काम गर्छ । राजयले तीन वटा तह बाँडेको छ । एउटा सरकारी क्षेत्र, एउटा समुदायमा रहेको र अर्को प्राइभेट । लघुवित्त यसैभित्र पर्ने भएकाले यसलाई राज्यले राम्रो दायरा तोकिदियो भने राम्रो हुन्छ । त्यो भनेको लघुवित्तबाट भएको आम्दानीको निश्चित प्रतिशत समुदायमा नै लगानी गर्ने भन्यो भने त्यसले थप रोजगारीका अवसर सिर्जना गर्छ । हरेक लघुवित्तसंग अनेक व्यावसायहरु हुनुपर्छ । जस्तो स्कुल, कलेज भयो, अस्पताल, डेरी उत्पादन वा अन्य सामाजिक सेवासहितका क्षेत्रका व्यावसाय भयो भने त्यसले राज्यलाई नै सहयोग गर्छ । जसले सेवा र रोजगारी दुबै दिन्छ ।

त्यसका लागि सरकारी स्तरबाट के कस्तो सहयोगको आवश्यकता हुन्छ ?

नेपाल राष्ट्र बैँकलाई निर्देशन गर्ने अर्थ मन्त्रालय नै हो । राष्ट्र बैकले अहिले लघुवित्तलाई अति विकट पहाडमा, दुरदराजमा वा वित्तीय पहुँच नपुगेका ठाउँमा राष्ट्र बैँकले एक करोड शून्य प्रतिशतमा छुट दिने भनेको छ । तर मलाई लाग्छ यो अलि कम भएको छ । सेवा पाउने व्यक्तिको वास्तविक आँकडा निकालेर त्यही अनुसारको दिनुपर्छ । राष्ट्र बैँकले काम गरेको कार्यमूल्याङ्कन गरेर त्यस्तो सुविधा दिनुपर्छ । अर्को कुरा कमर्सियल बैँकले जती ट्याक्स तिर्नुपर्छ, त्यती नै लघुवित्तले पनि तिनुपर्छ । यसमा यदि ट्याक्स बराबर भयो भने सेवा पनि बराबर पाउनुपर्यो । राज्यलाई कर तिर्न त पर्छ नै तर कस्तोले कती कर तिर्ने भनेर वर्गिकरण गरेर छुट्याउनुपर्छ । अर्को कुरा हामी पेन्सन दिन्छौँ, बूढाबूढीलाई भत्ता दिन्छौँ, विधवा, अपाङ्गलाई भत्ता दिन्छौँ । यस्तो कुराहरु पनि कर्मसियल बैँकबाट दिइन्छ । तर कर्मसियल बैँक त गाउँ गाउँमा जाँदैनन् । तर लघुवित्त त गाउँ गाउँमा जान्छ । त्यसमा पनि यसका स्टाफहरु घर दैलामा जान्छन् । यसलाई बाँड्ने अधिकार दिइयो भने केही मात्रामा राहत हुन्छ जस्तो लाग्छ ।

फरवार्डको अबको लक्ष्य कहाँ पुग्ने छ ? के छन् कार्य योजना ?

हामीले अहिले ३५ जिल्लामा सेवा दिइरहेका छौँ । हामीले त देश भरि नै दुरदराजमा रहेका विपन्न, गरिबलाई सेवा दिने भन्ने लक्ष्य राखेका थियौँ । त्यो विस्तारै हुन्छ । भोलिका दिनमा फरवार्डसंग कोही मिल्न आएमा मर्जपनि गर्ने सोचमा छौँ । त्यसले दुरदराजमा सेवा गर्ने लक्ष्य पूरा गर्न सहयोग गर्छ । अर्को कुरा मैँले अघि सामाजिक व्यावसायको कुरा गरेको थिएँ । बढीभन्दा बढी स्वरोजगार कसरी सिर्जना गर्ने भन्ने टार्गेटमा हामी छौँ । त्यसले गर्दा रोजगारका साथै सेवा दिने खालका सामाजिक व्यावसायहरु थाल्ने योजनामा छौँ ।

अन्त्यमा, छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाको अध्यक्षका तर्फबाट कर्मचारी र सदस्यहरुलाई के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिले त सबै साझेदार संस्थाहरु, अन्य बैँक तथा वित्तीय संस्थाहरु, इजाजत दिने नेपाल राष्ट्र बैँक, अर्को पब्लिक शेयरमा दर्ता भइसकेकाले स्टकदेखि लिएर अन्य नियमनकारी निकायहरुलाई धन्यवाद दिन चाहान्छु । अहिलेसम्म फरवार्डले गरिआएको काममा सबैले सघाउनु भएको छ । कमी कमजोरी देखिएमा सकारात्मक सुझाव सल्लाह दिने जुन काम गर्नु भएको छ । त्यसको लागि सबै धन्यवादका पात्र हुनुहुन्छ । त्यो संगै विभिन्न च्यानल जस्तो, सर्वप्रथम सदस्यहरु, सञ्चालक, कर्मचारी, त्यस्तै तपाई सञ्चारकर्मीहरु लगायतका शुभचिन्तकलाई आभार प्रकट गर्न चाहन्छु । त्यस्तै विशेष धन्यवाद हाम्रा ग्राहकलाई छ । जसले राम्रो काम गर्छ उसका लागि फरवार्डमा राम्रो अवसर छ । कर्मचारीको जति कायक्षमता राम्रो हुन्छ संस्था त्यतै नै अगाडी बढ्ने हो । उत्कृष्टलाई भोलिका दिनमा राम्रो सम्मानको व्यवस्था हुन्छ ।