काठमाडौं–सुर्खेतबाट हुम्ला सदरमुकाम सिमिकोट उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन भएको छ । ‘९ एन एजेयु’ कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो ।


ADVERTISEMENT


जहाज आज (बुधबार) बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको थियो । जहाज उडेको २ घण्टासम्म पनि सम्पर्कमा आउन सेकेको छैन ।


ADVERTISEMENT

# # #


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार सो जहाजले ६ः५५ मा सिमकोटमा अवतरण गर्नुपर्ने थियो ।

हराइरहेको जहाज खोज्न सुर्खेतबाट हेलिकप्टर पठाइएको छ । जहाजमा चालकदलका २ सदस्य मात्रै रहेको बताइएको छ । जहाजमा क्याप्टेन किरण भट्टराई छन् ।