काठमाडौं–संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा चढने सपना धेरैको हुन्छ । एकपल्ट आरोहण गर्नु पनि निकै ठूलो चुनौतीपूर्ण रहँदै आएको छ । तर सगरमाथा आरोहणलाई गाउँका उकाली ओराली हिँडेजस्तो नेपालका कामिरिता शेर्पा भने २२ औं पटक सगरमाथा चढेर रेकर्ड ब्रेक गरेका छन् ।


ADVERTISEMENT


अचम्म त के छ भने उनी २१ पटक आरोहण गरेको आफ्नै रेकर्ड ब्रेक गर्न आरोहण गर्न गएकी थिईन् ।  कामिरिताले आज बुधबार सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड ब्रेक गरेकी हुन् । यसअघि २१ औं पटक आरोहण गरेको रेकर्ड उनकै नाममा थियो । तर त्यतिखेर उनी एक्लो थिएनन बरु अन्य दुई पर्वतारोही पनि उनीसँगै थिए ।


ADVERTISEMENT

# # #


यसपटकको सफलतासँगै उनी संसारकै सबैभन्दा अनुभवी सगरमाथा आरोही बनेकी छन् ।

वर्ष १९९४ मा उनी पहिलोपटक सगरमाथा चढेका थिए भने यसअघि २०१७ को मे महिनामा उनले आरोहण गरेका थिए ।
उनको इच्छा भने २५ पटक सगरमाथा चढने छ ।