डोटी–प्रदेश ७ को बर्खे अधिवेशन बुधबार दिउँसो चार बजेदेखि शुरु हुने भएको छ । बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्न प्रदेश सरकारले तयारी शुरु गरेको छ । बजेटको पूर्व तयारी गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय छलफल थालेको छ ।


ADVERTISEMENT


बुधबार बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पूर्वबजेट छलफलका लागि प्रदेशसभा बैठकमा आ।व २०७५–०७६ को पूर्वबजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी प्रदेश ७ सचिवालयले दिएको छ ।


ADVERTISEMENT

# # #


पूर्वबजेट छलफलमा बजेटको सिद्धान्त, बजेटको उद्देश्य, बजेटको प्राथमिकता र बजेटको प्रमुख नीतिहरुका बारेमा छलफल हुनेछन् । प्रदेश सभाको बैठकमा पूर्व बजेटबारे प्रदेशसभा सदस्यहरुले छलफल गर्नेछन ।

प्रदेश सरकारले ल्याउने बजेटलाई सहयोग पुग्ने गरी सुझाव आउने विश्वास आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकरकृष्ण श्रेष्ठले गरे ।

प्रदेश सरकार असार १ गते बजेट सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।