काठमाडौँ–चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर मंगलबार सार्वजनिक भएको छ । बादी जातीको कथामा बनेको चलचित्रको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


टिजरमा एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाइएको छ ।लचित्रमा पण्डितको रूपमा प्रवीण खतिवडा देखिएका छन् , जसको सम्बन्ध सन्ध्या(बदिनी) सँग रहेको हुन्छ ।


ADVERTISEMENT

# # #


टिजरमा विजय बराल र सन्ध्या केसी बादी र बदिनीको भूमिकामा देखिएका छन् । विजय मादल बनाउँछन् भने सन्ध्या जीवनयापनको लागी आफ्नो शरीर बेच्ने गर्छिन् ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा प्रवीण,सन्ध्या र विजयको अलावा भोलाराज सापकोटा, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, लोकेन्द्र विक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

थमनकुमार भण्डारी र किशोर खड्काको निर्माण गरिएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने दवाडीको नै पटकथा र संवाद रहेको छ ।

हेर्नुहोस टिजर: