काठमाडौं–मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।


ADVERTISEMENT


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’


ADVERTISEMENT

# # #


विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो ।