भुबन बहादुर सिंह/बझाङ–बझाङमा आज देखी औपचारीक रुपमा स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ भएको छ । नेपाल सरकारले ल्याएकोे स्वास्थ्य बिमा कार्यक्रम बझाङमा पनि शुभारम्भ भएको हो । राष्ट्रिय बिमा नीति २०७१ ले कार्यक्रम दीर्घकालीन लक्ष्य र मुख्य उद्देश्य निर्धारण गरेपछि कार्यक्रम लागू भएको हो ।


ADVERTISEMENT


यो कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार ल्याउने स्वास्थ्य बिमा प्रबन्धक नरेश कुमार चौधरीले बताएका छन् । गरिब, पिछडिएका अतिविपन्न, महिला, दलित, जनजातिले यस बाट फाइदा लिन सक्ने उनको भनाइ रहेको छ । स्वास्थ्य सेवाका क्षेत्रमा जोखिम न्युनीकरणको व्यवस्था गरी सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षताका साथै जवाफदेहीतामा सुधार ल्याउने स्वास्थ्य बिमाका प्रदेश नम्बर ७ का संयोजक जनक बहादुर साँउले बताएका छन् । बझाङमा यो कार्यक्रम लागू गर्न स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै सरोकारवाला सँग अन्तरक्रिया र जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न पश्चात आज देखी बिमा कार्यक्रम शुभारम्भ भएको उनको भनाई रहेको छ । आज जिल्ला समन्वय समीतीको सभाहलमा जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर अनुप रेग्मीको अध्यक्षतामा र समन्वय समितीका संयोजक खड्क बहादुर खड्को प्रमुख आथित्यमा उक्त कार्यक्रमको शुभारम्भ भएको घोषणा गरीएको हो ।

कार्यक्रममा शुभकामना मन्तब्यका क्रममा जिल्ला सम्न्वय समीतीका संयोजक खडक बहादुर खड्काले यो कार्यक्रमले गरीब र पिछडीएका अति विपन्न बर्गहरुलाई ठुलो राहत पुग्ने बताएका छन् । यसका साथै यो कार्यक्रम सफल पार्नका लागी आफ्नो क्षेत्र बाट हुने सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

यस्तै कार्यक्रमका अध्यक्ष डाक्टर अनुप रेग्मीले कार्यक्रम सफाल पार्न सबैको साथ र सहयोगको खाँचो रहेको समेत बताए । २ जना लाई बिमा सदस्यता (परिचय पत्र ) पत्र प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरीएको हो । जसमा जयपृथ्वी नगरपालीका–१० की दर्ता सहयोगी नवलक्ष्मी चित्रकारले कार्यक्रमका प्रमुख अतीथि तथा समन्वय समितीका संयोजक खडक बहादुर खड्काको फोटा खीचेर बझाङ जिल्लाको प्रथम सदस्यता लिएकी छिन् ।

यसका साथै प्रमुख अतिथीले २ जना जेष्ठ सदस्य विस्ना देबी दाई र मोतीकला दमाईलाई सदस्यता प्रदान गरी बिमा कार्यक्रमको शुभारम्भ गरएिको हो । स्वास्थ्य बिमागर्नेहरुले यस्तो सुविधा पाउने ब्यवस्था समेत रहेको छ । वार्षिक २ हजार ५ सय रुपैयामा ५ जना परिवारको स्वास्थ्य बिमा गर्न सकिने र यसबाट एक जनाले एक पटक ५० हजार बराबरको सेवा सुविधा निशुल्क रुपमा लिन सक्ने छन् । पाँचै जना एकै पटक विरामी परे एक जना सदस्यले १० हजार बराबरको सेवा लिन सकीने ब्यवस्था छ ।

५ जनाभन्दा बढी परिवार हुनेका लागि ४२५ रुपैयाँ थप हुने र सेवा थप १० हजारले वृद्धि हुने गर्छ । ५ जनासम्मको परिवारले दैनिक ७ रुपैयाँ छुट्याउँदा एक वर्षका लागि योगदान रकम जम्मा हुने र यो रकम फिर्ता नहुने बिमा प्रबन्धक चौधरीले जानकारी दिएका छन् । स्वास्थ्य बिमा गर्ने हरुले १११८ प्रकारको औषधि निशुल्क पाउने ब्यावस्था समेत रहेको छ ।

प्रदेश नम्बर ७ को कैलालीमा २०७३ जेठ १ गते देखि सेवा सुरु भएको थियो । इलाम र बाग्लुङमा २०७३ भदौ १ गते, म्याग्दी, कास्की, पाल्पा, अछाम र बैतडीमा २०७३ फागुन १ गते स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको थियो । तनहुँ, गोरखा, भक्तपुर, मकवानपुर, चितवन, जुम्ला र जाजरकोटमा २०७४ भाद्र १ गते, झापा, सिन्धुली, सुनसरी, रोल्पा, सोलुखुम्बु, सुर्खेत, बर्दियामा २०७४ मंसिर १ गतेदेखि नै कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बिमा विभाग प्रदेश नम्बर ७ का संयोजक जनक साँउदेले बताएका छन् । यस्तै, रौतहट, पर्सा र महोत्तरीमा समेत कार्यक्रम सुरु भइसकेको छ भने बाजुरा र बझाङमा समेत स्वास्थ्य बिमा शुभारम्भ भई सकेको छ ।

अबको केही महिनापछि नेपालका ३९ जिल्लामा कार्यक्रम लागू हुने साँउदले बताएका छन् । उनका अनुसार हालसम्म ३० जिल्लामा ५ लाख ५० हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गराएका छन् ।

यसरी गर्न सकिन्छ स्वास्थ्य बिमा

स्वास्थ्य बिमाका लागि सहयोगीहरु स्थानीय सर्वसाधारणकै घरघरमा पुग्नेछन् । बिमा गर्नका लागी बिमा दर्ता सहयोगीलाई सुरुमा तालिम समेत प्रदान गरीएको छ । यदि कुनै व्यक्तिले स्वास्थ्य बिमा गर्न चाहेको खण्डमा सहयोगीहरु घरमा नै पुगेर बिमाका बारेमा जानकारी गराउने, फोटो खिच्ने र फाराम भर्ने गर्छन् । त्यसपछि तत्कालै स्वास्थ्य बिमा गरेका व्यक्तिलाई कार्ड उपलब्ध गराइनेछ । बझाङ जिल्लाका १२ वटै स्थानीय तहहरुमा ९४ वटा वडाहरु रहेका छन् । जस अनुसार एक वडाका लागी एक जना दर्ता सहयोगी अर्था ९४ जना दर्ता सहयोगी परिचालन गरीएका छन् ।

५ जना परिवारले स्वास्थ्य बिमा गरेका छन् भने ५ वटै कार्ड तथा परिचय पत्र उपलब्ध स्वास्थ्य बिमाले उपलब्ध गराउने छ । उक्त कार्डका आधारमा नै बिरामी पश्चात्त ५० हजार रुपैया बराबरको सेवा लिन सकीने ब्यवस्था रहेको छ । यदि ५० हजारभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैले बेहोर्नुपर्ने छ ।

वर्षैपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ । यस बापत वार्षिक २ हजार ५ सय बिमा बोर्डलाई बुझाउनु पर्ने हुन्छ । परिवाको एक जना सदस्य विरामीलाई मात्रै ५० हजार रुपैया खर्च लागेको खण्डमा अरु सदस्य विरामी पर्दा लाग्ने खर्च आफैले बेहोनु पर्ने हुन्छ ।