काठमाडौं–महानगरपालिकाले स्थानीयको जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण आरम्भ गरेको छ । स्थानीय जनताले सोमबार काष्ठमण्डपको जग र परिसरमा क्षमापूजा गरी सो कार्यको शुरुआत गरेका हुन् ।


ADVERTISEMENT


कामपाको सहयोगमा स्थानीयले आइतबारै पुनर्निर्माण शुरू गरेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा काठ छनोट गरी अन्य काम अघि बढाइनेछ ।


ADVERTISEMENT

# # #


काष्ठमण्डपको पुनर्निर्माणको लागतबारे अहिले नै निक्र्योल भइनसकेको बताउँदै शाक्यले आवश्यक पर्ने सम्पूर्ण रकम महानगरले बेहोर्ने जानकारी दिउका छन् । स्मरणीय छ, यसअघिको स्टिमेटमा काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १९ करोड रुपियाँ लाग्ने उल्लेख गरिएको थियो ।

स्थानीय समितिले काष्ठमण्डप क्षेत्रमा पर्ने सबै वडा अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, स्थानीय क्लब, संघसंस्थालगायतलाई सहभागी गराएर पुनर्निर्माण शुरू गर्न लागेको हो । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप ३ वर्षपछि बल्ल पुनर्निर्माण हुन लागेको छ । यसअघि काष्ठमष्डपको इतिहासको विषयमा उत्खनन भइसकेको थियो । – आजको नेपाल समाचारपत्रबाट