काठमाडौं–युवा संघ नेपालको आज २८ औँ स्थापना दिवसमा देशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ । युवा संघको मुल नेतृत्वले काठमाडौँको राष्ट्रियसभा गृहमा संघका संथापक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतलाई जानकारी प्राप्त भएको छ ।


ADVERTISEMENT


यसैबीच संघको महाधिवेशन आयोजक कमिटीले पूर्णता पाएको छ । संघले २४९ सदस्यीय आयोजक कमिटी गठन समेत गरेको छ । संघको वैशाख ३–६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्कालीन उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि सोमवार पूर्णता दिइएको उपाध्यक्ष प्रभात विक्रम कटवालले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


आगामी असोज ६–८ गते काठमाडौँमा अधिवेशन गर्ने निर्णय पनि भएको छ । यसअघि महाधिवेशनका लागि आयोजक कमिटीका संयोजकमा नीरुदेवी पाल र राजीव पहारीलाई समेत जिम्मेवारी दिइएको थियो । संगठनभित्रको आन्तरिक समस्या तथा राज्यका तीनै तहका चुनाव भएका कारण निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन ।

अधिवेशनका लागि २० समिति पनि गठन गरिएको छ जसमा राजनीतिक प्रतिवेदन लेखन समिति संयोजकमा रमेश पौडेल, मूल व्यवस्थापन समिति संयोजकमा किरण पौडेल, साङ्गठनिक समितिमा नरेश शाही, प्रचारप्रसार समितिमा कटवाल रहेका छन् ।

रमेश पौडेल नेतृत्वको आयोजक कमिटीले वाइसिएलसँग एकताका लागि आवश्यक गृहकार्य गरी महाधिवेशनका लागि तिथि तय गर्ने जनाइएको छ ।