प्यूठान–प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।


ADVERTISEMENT


महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

२० जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।