काठमाडौँ–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोली भेट्ने भएका छन् ।


ADVERTISEMENT


देउवाले मोदीलाई शनिवार अपरान्ह १२ वजे होटल हायातमा भेट्ने सह महामन्त्री डा.प्रकाश शरण महतले जानकारी गराए ।


ADVERTISEMENT

# # #


काँग्रेस उपसभापति विमलेन्द्र निधीले जनकपुरमा मोदीलाई स्वागत गर्ने भएका छन् ।

दुइ दिने भ्रमणका क्रममा दलका राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र दलका नेताहरुलाई भेटवार्ता गर्दैछन् । मोदीको यसपटकको भ्रमणलाई तिर्थाटनको रुपमा पनि लिइएको छ ।