काठमाडौं–नेपाल एयरलाइन्सले ३० वर्ष पुरानो बोइङ बिक्री गर्ने भएको छ । व्यावसयिक उडानका लागि उपयुक्त नभएको भन्दै एयरलाइन्सले गण्डकी नामको बोइङ बिक्रीको प्रक्रिया अगाडि बढाएको छ ।


ADVERTISEMENT


निगमले जहाजको मूल्यांकन गर्न परामर्शदाता खोज्न सुरु गरेको छ । उसले २१ दिने टेनडर प्रकाशित गरिसकेको छ । परामर्शदाता नियुक्त भएपछि उसले दिएको मूल्यामा आधारित रहेर ४५ दिने टेन्डर निकालेर किन्न इच्छकलाई आव्हान गरिने एयरलाइन्सका साहयक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसभन्दा अगाडि पनि एयरलाइन्सले कर्णाली नामको बोइङ बिक्री गरिसकेको छ । अघिल्लो जहाज १५ करोडमा बिक्री गरेको एयरलाइन्सले यो जहाज पनि त्यही प्रक्रियाबाट बिक्री गर्ने जनाएको छ । २०४५ मा किनेको उक्त जहाजले किफायति उडान गर्न छाडेको भन्दै नेपाल एयरलाइन्सले अघिल्लो वर्ष नै बिक्री गर्ने घोषणा गरेको थियो ।

नेपाली दर्ता नम्बर ‘९एन–एसीबी’ रहेको उक्त जहाजको निर्माण भएको २९ वर्ष ८ महिना भएको छ । यो जहाज २०७५ को अन्त्यसम्म नेपाल एयरलाइन्सले नै चलाउने र त्यसपछि बिक्री गरिसक्नेगरी काम अगाडि बढाइएको एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

योसँगै एयरलाइन्सले अब एयरबसमात्र चलाउने भएको छ । बोइङ बेचेसँगै एयरलाइन्सले साउनभित्रै दुइ एयरबस वाइडबडी जहाज ल्याउँदै छ भने बाँकी २ न्यारोबडी जहाज खरिदको प्रक्रिया पनि तत्काल अगाडि बढाउने एयरलाइन्ले बताएको छ ।