काठमाडौँ– राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्दै आएको प्रधानमन्त्री कप आगामी जेठ १३ देखि २९ गतेसम्म हुने भएको छ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किर्तिपुर स्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।


ADVERTISEMENT


प्रतियोगितामा ७ वटा प्रदेशहरुको सिनियर टिम र ३ वटा विभागिय टिमहरु नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी क्लब र त्रिभुवन आर्मी क्लबसहित कुल १० टिमहरुको सहभागीता पिएम कपमा हुने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


१० वटा टिमहरुलाइ २ समुहमा विभाजन गरिएको यस प्रतियोगितामा लिग चरणमार्फत खेलहरु हुनेछन भने हरेक ग्रुपका उत्कृष्ट २ टिमहरु सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको प्रथम हुनेले नगद २० लाखसहित ट्रफी पुरस्कार पाउनेछ भने प्रतियोगिताको कुल बजेट १ करोड ८० लाख रहेको छ ।

म्यान अफ द सितिजले रु १ लाख , बेस्ट ब्याट्सम्यान र बलरले रु ५०/५० हजार प्राप्त गर्नेछन । प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेज रहेको छ भने नेपाल लिक्वेर्स(सिग्नेचर)ले सह–प्रायोजन गर्ने भएको छ ।