काठमाडौं – झापाका सांसद राजेन्द्र लिंदेनले आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा बाढी र डुवानको जोखिममा रहेको भन्दै उनीहरुलाई जोगाउन अनशन बसौं कि के गरौं भनी प्रश्न गरेका छन् ।


ADVERTISEMENT


बिहीबार संसदमा बजेट सिद्धान्त र प्राथमिकताबारेको छलफलमा उनले धेरै सांसद हुने दलले योजना पार्न संसद अवरुद्ध गर्ने गरेको भन्दै आफूले के गर्दा माग सुनुवाइ हुन्छ भनी प्रश्न गरे ।


ADVERTISEMENT

# # #


‘अलि धेरै संख्या हुने साथीहरुले त संसद अवरुद्ध गर्छौ भन्नुभयो, सभामुख महोदय म अनसन बसौं कि के गरौं ? के गर्दा त्यो गाउँका वासिन्दा डुब्नबाट जोगिन्छन् ?’ उनले भने ।

मेची नदीमा दक्षिणतिरको तटबन्ध र सडकका कारण नेपाली भूमि धेरै डुवानमा पर्ने भन्दै उनले गत वर्षको बाढीपछि अहिलेसम्म अवस्था नफेरिएको बताए । निर्वाचन क्षेत्रका यस्ता साना साना योजनाहरु बजेटमा नसमेट्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रममा पनि बजेट नदिने अर्थमन्त्रीको तयारी रहेको भन्दै लिंदेनले आलोचना गरे ।

‘सांसदले योजना छनोट गर्न पाउने कुरा खोस्न खोजिएको छ, अर्थमन्त्रीले पनि यो कुरालाई टाँगेर राख्नुभएको छ, बाहिरबाट दबाब आओस्, अनि दबाब आएर गर्न सकिएन भन्ने पार्न खोजिएको छ’ उनले भने ।