काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवयर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा रेमिटवयर पेमेन्टस् इन्क क्यानडासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।


ADVERTISEMENT


उक्त सम्झौता अनुसार रेमिटवयर पेमेन्टस् इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको शाखाहरु तथा सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाइएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २०० शाखा कार्यालयहरु, २०० एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढि छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३३ अर्ब छ ।