काठमाडौं – स्थानीय प्रशासनले मुक्तिनाथ मन्दिरमा दुई दिन सार्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक लगाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते नेपाल आउने र २९ गते मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम छ । तर, स्थानीय प्रशासनले सुरक्षाका लागि भन्दै २८ गतेबाटै सार्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ ।


ADVERTISEMENT

# # #


साथै थोरङ्ला पास हुँदै मनाङतर्फ आउन पनि पदयात्रीहरुलाई रोक लगाइएको जिप्रकाले जनाएको छ ।