सिरहा–सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक यूवकको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी वर्ष २१ का धर्मेन्द्र कुमार सिंहमाथि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ ।


ADVERTISEMENT


आइतबार राती करिब ११ः१० बजेको समयमा धर्मेन्द्र माथि गोली प्रहारहुदाँ उपचारको लागि लहान लर्दैगर्दा बाटोमा मृत्यु भएको छ । लासलाई पोष्टमाटमको लागि लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले बताएकाछन् ।


ADVERTISEMENT

# # #


अनुसन्धानको लागि स्थानीयवासी सन्तोष कुमार सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ भने थप बिबरण आउन बाकि रहेको छ ।