हेटौडा–प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश नम्बर ३ को राजधानी हेटौडालाई बनाउन ध्यानाकर्षण गराइएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुर नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, हेटौडा उपमहानगरपालिकाका मेयर, उपमेयर, प्रदेश ३ का महान्यायाधिबक्ता, एमाले केन्द्रिय सदस्य केदार न्यौपाने लगायतको समूहले प्रधानमन्त्री ओलीलाई भेटी हेटौडालाइ नै प्रदेश न ३ को स्थयी राजधानी बनाउन ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


आज चितवनमा भएको कार्यक्रममा आएका बेला प्रधानमन्त्रीलाइ उक्त ध्यानाकर्षण गराइएको हो ।

जवाफमा प्रधानमन्त्रीले राजधानीको बिषयमा सबै अधिकार प्रदेश सभालाइ नै दिएको र हेटौडालाइ स्थायी राजधानी बनाउन आफू सकारात्मक रहेको बताएका थिए ।