उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका छन्।


ADVERTISEMENT


पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन्। ‘यो मेरो मन्त्रालयसँग जोडिएको आइजी प्रकरणको विषयलाई लिएर प्रधानन्यायाधीशविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरियो यसमा मेरो असहमति छ,त्यसैले मैले पदबाट राजीनामा दिएको हुँ’, निधिले भने।


ADVERTISEMENT

# # #


राजीनामाको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोनबाट जानकारी गराइसकेको उनले बताए। आफ्नो राजीनामा पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले आफू संविधानलाई सर्वस्वीकार्य बनाउँदै हिमाल, पहाड र तराईरमधेसको संविधान बनाउन सधैँ सक्रिय र क्रियाशील रहने बताएका छन्।

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए । त्यसपछि मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए । मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका थिए ।