भक्तपुर–भक्तपुरमा घर अगाडी रोकिराखेको मोटरसाइकलमा आगलागी भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरेर राखेको मोटरसाइकलमा गएराती आगो लागेको हो ।


ADVERTISEMENT


हरिप्रसाद दाहालको घरमा तरकारी पसल संचालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका ४ का माधव मैनालीको बा ९ प ३१०१ नम्बरको हिरोहोण्डा मोटरसाइकलमा आगलागी भएको छ ।


ADVERTISEMENT

# # #


सोही स्थानमा रहेको एक खाजाघरमा काम गर्ने काभ्रे बनेपाका बिनोद तामाङको संगै रहेको बा ५९ प २२६६ नम्बरको यामाहा एफ जेट मोटरसाइकलको इन्धन ट्ंयाकीमा समेत क्षति पुगेको छ ।

घरधनी दाहालका परिवारले राती करिब १ बजे अगाडी थाहा पाएर मैनालीलाई बोलाएर आगो निभाएको बताएका छन् ।

प्रहरी परिसर भक्तपुरले कसरी घटना भयो बन्नेबारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।