काठमाडौं– कायमुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले प्रेस स्वतन्त्रताको नाममा सञ्चारमाध्यमले स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित समाचार सम्प्रेषण गर्ने गरेको आरोप लगाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहिबार नेपाल पत्रकार महासंघले राजधानीमा गरेको कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश जोशीले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


प्रेस स्वतन्त्रता विनाको लोकतन्त्रको कल्पना गर्न नसकिए जस्तै न्यायलय र सञ्चार क्षेत्रबीच पनि फरक तर अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले न्यायलयका समाचार सम्प्रेषणमा थप संवेदनशील हुनुपर्ने आवश्यकता औल्याए ।


ADVERTISEMENT

# # #


जनआस्थामा टिकेको आवाज विहिनहरुको संस्था न्यायपालिकाका कामहरु सञ्चार जगतबाट सर्वसाधारण समक्ष पुग्ने भएपनि अदालतमा विचाराधीन रहेका मुद्धाका विषयलाई लिएर समाचार विश्लेषणको नाममा पक्षपातपूर्ण व्याख्या गरिनु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित हुने उनको तर्क थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– “अदालतले न्यायको घोषणा संविधान र कानुनकै आधारमा प्रदान गर्ने हो, अदालत भनेको भूमि सुधार अड्डा होइन ।”

सञ्चारजगत प्रतिको विश्वास र निर्भरता चुलिदै गर्दा सञ्चारमाध्यमलाई विश्वसनियता हासिल गर्न चुनौती पनि थपिदै गएको तर्फ उनले सचेत समेत गराएका थिए ।