नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर जटिल समस्याको रूपमा देखा परेको छ । यतिसम्म कि महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ ।

ADVERTISEMENT

उमेर नपुग्दै विवाह भएका, यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुन सक्छ ।

ADVERTISEMENT

# # #

त्यस्तै, खानपिनमा ध्यान नदिने, अत्यधिक परिवार नियोजनका साधन प्रयोग गर्ने, पिल्स खाने महिलालाई पनि पाठेघरको मुखको क्यान्सर लाग्ने सम्भावना हुन्छ । पाठेघरको क्यान्सर भए, नभएको कुरा प्याप स्मेरबाट पत्ता लगाउन सकिन्छ ।

पाठेघर झर्ने

प्रायः महिलामा देखा पर्ने प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो, पाठेघर झर्ने । विशेषगरी, ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या बढी मात्रामा देखिने गर्छ । सन्तान जन्माएका, उमेर नपुगी गर्भवती भएका, सुत्केरी भएको ६ हप्ताभन्दा अगाडि नै जटिल शारीरिक काम गर्दा, गर्भवतीको अवस्थामा पौष्टिक आहार नलिँदा यस्तो समस्याले सताउने गर्छ ।

पाठेघरमा ट्युमर

महिलामा देखिने अर्को जटिल समस्या भनेको पाठेघरमा ट्युमर पनि हो । शरीरमा हर्मोनको मात्रा बढी भएमा यस्तो ट्युमरको समस्या हुने गर्छ । यो एउटा आनुवंशिक समस्या पनि हो । परिवारनियोजनको साधनका रूपमा डिपो सुई लिने महिलामा पनि यस्तो समस्या देखिन सक्छ ।

-नयाँ पत्रिकाबाट