काठमाडौँ– श्रीमानले पिटेको भन्दै प्रहरीलाई खबर गरेकी गोदवरी नगरपालिकाकी उपमेयर मुना अधिकारी मिलापत्र गरेर घर फर्किएकी छन्।


ADVERTISEMENT


मंगलबार राति श्रीमानले पिटेको भन्दै अधिकारीले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेकी थिइन्।


ADVERTISEMENT

# # #


अधिकारीको फोनपछि सातदोबाटो प्रहरी वृत्तको टोली टौखेल पुगेको थियो। राति साढे १० बजे प्रहरीले अधिकारीका श्रीमान् ध्रुव कुँवरलाई पक्रेको थियो।

बुधबार ललितपुर प्रहरी परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा छलफल भएको थियो।

ललितपुर प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र चन्दले मिलापत्र गरेर अधिकारी दम्पत्ति फर्किसकेको जानकारी दिए।