जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमण र नागरिक अभिनन्दनको तयारी तिब्र पारिएको छ । प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको विषयमा स्थानीय स्तरमा समेत चर्चा हुन थालेको छ ।


ADVERTISEMENT


रंगभूमि मैदानबाट जानकारी मन्दिर जाने बाटो र विवाह मण्डपको बाहिरी पर्खालमा रंगरोगन गरी मिथिला संस्कृति झल्किले चित्रकला बनाउन थालिएको छ । जानकी मन्दिरदेखि वाह्रविघा रंगभूमि मैदानसम्मका पर्खाल र भित्ताहरुमा सीता-रामको गाथा झल्किने गरी मिथिला चित्रकला बनाइएको छ ।


ADVERTISEMENT

# # #


नागरिक अभिनन्दन हुने रंगभूमि मैदानलाई सजाउन चौबिसै घण्टा जस्तो काम भइरहेको छ । जनकपुर भ्रमणको क्रममा भारतीय प्रधानमन्त्रीलाई पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिने र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोशाकमा अर्को घेरामा तैनाथ गरिनेछ ।

सुरक्षाको लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरुले आवश्यक रुपमा सुरक्षा तयारी गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला जनकपुरको शान्ति-सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइएको सीमानाका क्षेत्रहरुमा समेत सुरक्षा निगरानी बढाइको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

केही दिन यता जनकपुर भ्रमणको क्रममा मोदी पुग्ने रंगभूमि मैदान र जानकी मन्दिर प्राङ्गण वरीपरी विशेष निगरानी बढाएको छ ।

जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । यसअघि खुल्ला शौच र फोहोरका कारण डम्पिङ साइटको रुपमा प्रयोग हुँदै आएको रंगभूमि मैदानको भारतीय प्रधानमन्त्री मोदी आउने चर्चासँगै रुपरंग फेरिदैछ ।