काठमाडौँ – काठमाडौँमा सम्पन्न प्रथम मनमोहन स्मृति यू १६ अन्तरप्रदेशीय क्रिकेट प्रतियोगिताको उपाधी प्रदेश नं. ७ ले जितेको छ । प्रदेश नं २ लाई २४ रनले पाखा लगाउँदै प्रदेश ७ ले उपाधी उचालेको हो ।


ADVERTISEMENT


बुधवार त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको प्रदेश ७ ले निर्धारित ३० ओभरमा २ सय ८ रन बनाएको थियो । २ सय ९ रनको विशाल रनको चुनौति पाएको प्रदेश नं २ ले राम्रो सुरुवात गरे पनि अन्तिममा प्रदेश नं ७ का बलरले राम्रो कमब्याक गरेपनि पूरै ३० ओभर खेलेर प्रदेश २ ले जम्मा १८४ रन मात्र जोड्न सक्यो ।


ADVERTISEMENT

# # #