काठमाडौं– सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण पनि छिट्टै हुने दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलगत्तै चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै सचिव भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गरी यहाँको विकासमा उत्साह जगाउनु गौरवको विषय भएको पनि स्पष्ट पारे । भट्टराइले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि दुई मुलुक बीचको सम्बन्धमा न्यानोपन आएको स्मरण समेत गराए ।

मुलुक अहिले सही दिशामा अघि बढेको पनि दावी गर्दै सचिव भट्टराईले मुलुकलाई समृद्ध बनाउन सरकारले अनुकूल वातावरण बनाउँदै लगेको समेत बताए ।

अर्को एक प्रसंगमा भट्टराईले माओवादी केन्द्रसँगको पार्टी एकताको आधार तय भइरहेको पनि बताए ।