काठमाडौं–रक्षामन्त्री ईश्वर पोखरेलले विकासको काममा सरकारको मुख नताक्न आग्रह गरेका छन् । उनले सरकारको सहयोगबिना जनस्तरबाट पनि आफ्नो क्षेत्रको विकास गर्न सकिने बताए ।


ADVERTISEMENT


२५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान बुढानिलकण्ठको पासीकोटस्थित बुद्ध कोलोनीमा बुद्धमूर्ति अनावरण तथा प्राणप्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘जनस्तरमा संगठित भएर पनि विकासको काम अघि बढाउन सकिन्छ भन्ने कुराको प्रमाण तपाईंहरुले बुद्ध मूर्ति निर्माण गरेर प्रस्तुत गर्नु भएको छ । राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भने छैन ।’


ADVERTISEMENT

# # #


एमाले महासचिवसमेत रहेका मन्त्री पोखरेलले यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्ने बताए । सरकारको ध्यान आर्थिक विकास, सम्वृद्धि र सुशासनमा केन्द्रित रहेको भन्दै मन्त्री पोखरेलले संविधानको व्यवस्था बमोजिम नै अबदेखि विकास र योजनाहरु तय हुने बताए ।

‘विकास तथा योजना निर्माणमा पनि स्थानीय, प्रदेश र केन्द्रीय तहका भिन्नाभिन्नै कार्यक्षेत्र छन्,’ मन्त्री पोखरेलले भने, ‘त्यही कुरा बुझेर तपाईंहरु पनि योजना बनाउन लाग्नुस्, स्थानीय तहभित्र पर्ने कुरा हो भने यहाँको मेयर साबलाई भन्नुस्, प्रदेशले गर्ने हो भने प्रदेशसभाका सदस्यहरु हुनुहुन्छ र केन्द्रीय तहको कुरा हो भने मसँग कुरा गर्न आउनुस् । तर तपाईंहरु कार्यक्षेत्रबारे भने स्पष्ट हुन जरुरी छ ।’

निर्वाचनका बेलामा जनतासँग गरिएका प्रतिवद्धताप्रति आफू पूर्णप्रतिवद्ध भएको भन्दै मन्त्री पोखरेलको भनाइ थियो । उनले सार्वजनिक सम्पत्तीको सुरक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै स्थानीयलाई संगठित भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सूर्यनाथ उपाध्यायलगायतको उपस्थिति थियो ।