डडेल्धुरा–बैतडी जिल्लाको पाटन नगरपालिका–१, डंसिलीमा ग्रामीण सडक पुगेको छ । सडक पुगेको खुसीयालीमा गाउँलेले अविर जात्रा गरेका छन् । अनारखोली–चुल्लेक–डंङसिली सडकअन्तर्गत गाउँमा पहिलोपटक सडक पुगेको स्थानीय भीम बोहराले बताए ।


ADVERTISEMENT


चालु आर्थिक वर्षमा पाटन नगरपालिका नगरकार्यपालिकाको ४० लाखको बजेटमा गाउँमा सडक पुगेको उनले बताए । १३ किलोमिटर सडक निर्माणका लागि यसअघि नेकपा एमालेका सांसद् दामोदर भण्डारीको सांसद विकास कोष र डोलीडारमार्फत ४६ लाख खर्च भइसकेको उपभोक्ता समितिका पूर्वअध्यक्ष दुरा भट्टराईको भनाइ छ ।


ADVERTISEMENT

# # #


झण्डै ८६ लाखको लागतमा गाउँमा सडक पुगेपछि स्थानीयबासी हर्षित भएका छन् । स्थानीय गोमती बोहराले गाउँमा सडक पुग्दा निकै खुसी लागेको बताइन् ।

गाउँमा सडक पुगेसँगै तरकारीलगायत कृषि उपजहरुले बजार पाउने स्थानीयहरुको अपेक्षा छ । यसका साथै गाउँमा सडक पुगेपछि आवतजावत गर्न पनि सजिलो भएको किसानहरुको भनाइ छ । गाउँमा सडक पुगेपछि स्थानीय बासिन्दाहरु खुशी भएका स्थानीय धनबहादुर ऐर बताउँछन् ।

सकडमा यो भन्दा अगाडिको समितिले राम्रो काम नगरेपछि केही स्थानमा निकै भिरालो र गाडी सञ्चालनमा निकै कठिनाई रहेको सो सडकमा पहिलोपटक जीप गाडी पुर्याउने चालक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

४ वर्ष पहिलो २०७० सालबाट सुरु भएको सडकमा सडक डिभिजन कार्यालय पाटन, सडक डिभिजन कार्यालय कुलपाते डोटी, तत्कालीन जिल्ला विकास समिति बैतडी, जिल्ला विकास समिति डडेल्धुराका समेत लगानी छ ।

पहिलो पटक डडेल्धुराको अययमेरु गाउँपालीका १ समैजीमा पर्ने बचकोेट रोडबाट शाखा ट्रक्याक खोल्ने समयमा स्थानीय अनारखोली बजारका व्यापारीहरुले निकै ठूलो विवाद गरेका थिए । समैजी सिलगाँका स्थानीयले आफनो सामुदायिक वनबाट सडक काट्न नमिल्ने भन्दै विवाद गरी जिल्ला वन कार्यालय र अख्तियार अनुसन्धान आयोगमा उजुरी समेत पेश गरेका थिए । पछि उजुरी फिर्ता भएपछि यसले गति लिएको थियो ।