लहान–अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । स १ च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब निरीक्षक शिवनारायण यादवले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


पिकअप भ्यानसहित गाडी चालक सिरहाको गोलबजार नगरपालिका–६ निवासी राजेशकुमार लामालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा पठाइने उनले बताएका छन् ।