काठमाडौं–जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुद्ध जयन्तीका दिन सोमबार पशुपंक्षीको काटमार गर्न तथा मासु विक्री वितरण गर्न रोक लगाएको छ ।


ADVERTISEMENT


गौतमबुद्धले पवित्रभूमि लुम्बिनीबाटै विश्वभर अहिंशा र शान्तिको सन्देश प्रवाह गरेको भन्दै बुद्धजयन्तीको दिन कुनै पनि प्राणीको काटमार नगर्न र मासु विक्री वितरण नगर्न पनि मासु व्यवसायीलाई आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


सिद्धार्थनगर नगरपालिकाले पनि बुद्ध जयन्तिका दिन नगरभित्र पशुपंक्षीको मासु विक्री वितरणमा रोक लगाएको छ । बुद्धले शान्ति र अहिंसाको नीति अवलम्बन गरेकाले उनको जन्मउत्सवमा पशुपंक्षीहरु काटमार गरी विक्री वितरण गर्न रोक लगाईएको नगरप्रमुख हरी अधिकारीले बताए ।

उनले सबै मासु व्यवसायीलाई यस विषयमा जानकारी गराईएकाले सोमबार पशुपंक्षी काटमार गरेको र मासु विक्रिी वितरण गरेको पाईएमा कारबाही गरिने बताए । यस्तै नगरपालिकाले बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई मध्यनजर गरी भैरहवाका मुख्य सडकहरुलाई नेपालको राष्ट्रिय झण्डा र बुद्ध झण्डाले सिंगार्ने भएको छ ।

आज नगरमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा मुख्य सडक, प्रवेशद्वारमा नेपालको झण्डा र बुद्ध झण्डा टाँगिने नगरपालिकाले जनाएको छ। त्यस्तै सर्वसाधारणलाई पनि बुद्ध झण्डा र राष्ट्रिय झण्डा आआफ्नो घरमा लगाउन नगरपालिकाले आग्रह गरेको छ ।