दमक– बजारमा आजभाली नेपाली रु नक्कली पाचँ सयका नोट भेटिन थालेका छन् । केही दिन अघि पोखरामा रु पाँच सयका नक्कली नोट भेटिएका थिए । यसरी नक्कली नोट भेटिनेक्रम दिनानुदिन बढिरहेको छ ।


ADVERTISEMENT


त्यस्तै झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।


ADVERTISEMENT

# # #


मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए ।

झापाको दमकमा भेटिएको नक्कली नेपाली ५ सयको नोट । तस्बिर  : रासस

उनले कर बुझाउँदा मात्र त्यो नोट नक्कली भएको भन्दै फर्काइ दिएपछि थाहा पाएको बताए । त्यस नोटलाई उनले सुरक्षित राखेका छन् । दमकमा पाँचसय दरका नेपाली नक्कली नेपाली नोट भित्रिएको हुनसक्ने उनले आशङ्का गरे।

गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९६ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ । केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ ।