काठमाडौं – आफूलाई प्रहरी बताउँदै रकम उठाउँदै हिँडेका ३ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने टुकमान घले, असमान गुरुङ र सुनिल मगर रहेका छन् ।


ADVERTISEMENT


आफूहरु सादा पोसाकको प्रहरी भएकोे भन्दै उनीहरुले पुल्चोक क्षेत्रका व्यापारीहरुसँग पैसा मागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उयपरिक्षक प्रभु ढकालले बताए । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।


ADVERTISEMENT

# # #