काठमाडौं–उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरिया पुगेर अब नयाँ इतिहासको सुरुवात भएको बताएका छन् ।


ADVERTISEMENT


किमले पिस हाउसमा राखिएको आगन्तुक पुस्तिकामा यस्तो लेखेका हुन् ।


ADVERTISEMENT

# # #


उनले लेखेका छन्, ‘अब नयाँ इतिहासको सुरुवात भएको छ – इतिहासको सुरुवाती बिन्दुमा र शान्तीको नयाँ युगमा ’

यसैगरी, दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले आजको शिखर वार्ताबाट केही सटिक नतिजा निकाल्न चाहेको बताए । उनले भने, ‘संसारभरीको आँखा र कान पनमुनजोममा केन्द्रित छ । म आजको कुराकानीमार्फत केही सटिक निष्कर्ष निकाल्न चाहन्छु ।’

दुबै नेताबिच उत्तर कोरियाको विवादास्पद परमाणु कार्यक्रमको विषयमा कुराकानी हुने आशा गरिएको छ ।