काठमाडौं–तलब–भत्ता तथा सेवा सुविधासम्बन्धी काननु नबने पनि प्रदेश १ का ८८ जना सांसदले तलब–भत्ता बुझेका छन् । सांसदहरुले मासिक ४५ हजार रुपैयाँका दरले एकमुष्ट रकम बुझेका हुन् ।


ADVERTISEMENT


प्रदेशसभाका सदस्यहरुले माघ ७ गते शपथ लिएका थिए । तर कानुन अभावका कारण उनीहरुले तलब तथा सेवा सुविधा पाएका थिएनन् । केन्द्र सरकारले प्रदेश कानुन नबनेसम्मका लागि अस्थायी व्यवस्था गर्न अनुमति दिएपछि सांसदहरुले चैत्र मसान्तसम्मको एकमुष्ठ १ लाख २४ रुपैयाँ तलब बुझेका हुन् ।


ADVERTISEMENT

# # #


संसद् सचिवालयका लेखा अधिकृत दहलमान राईले मासिक ४५ हजार रुपैयाँका दरले प्रदेशसभाका ८८ सदस्यलाई पारिश्रमिक बापतको रकम उपलब्ध गराइएको जानकारी दिए ।

संसद सचिवालयले सरकारी कारोबार हुने कृषि विकास बैंकमा खाता खोल्न लगाएर प्रदेशसभाका सदस्यहरुलाई उक्त रकम जम्मा गरिदिएको हो ।

प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी कुल ९२ जना सांसद् छन् । त्यसमध्ये ४ जना प्रदेश सरकारको मन्त्रीमण्डलमा छन् । तलब सुविधा नतोकिए पनि तत्कालका लागि पारिश्रमिक उपलब्ध गराइएको लेखा अधिकृत राईले बताए ।